विराटनगर । मोरङको मधुमल्लाका पवन रसाइलीको परिवारलाई २०६० साल अघिसम्म गर्जाे टार्न मुस्किल थियो । गरिबीका कारण उनको बाल्यकाल कष्टकर रुपमा बित्यो । सानैमा उनलाई बुबाले सिलाइकटाइको काममा लगाइदिए । काम सिकेपछि अरुको पसलमा काम गरे । आम्दानी थोरै थियो, दुःखले परिवारको गुजारा चल्थ्यो ।
अरुको पसलमा काम गर्दैगर्दा विवाह गरेका पवनले श्रीमती सम्झौता रसाइलीसँगै विदेश जाने योजना बनाए । तर यो यात्रा सहज थिएन । विदेश जाने तयारी गर्दैगर्दा जीवन विकास लघुवित्त वित्तीय संस्थासँग जोडिएपछि सम्झौता र पवनको जीवनको बाटो मोडियो । विदेशको सपना त्यागेर स्वदेशमै कर्म गर्ने निष्कर्षमा पुगे, अनि सुरु गरे सिलाइकटाइको काम ।
‘त्यो समयमा कोठा भाडामा बसेको मान्छेलाई जो कोहीले सहयोग गर्छाैं भन्दा अचम्म लाग्यो, तर उहाँहरूले (जीवन विकासका कर्मचारीले) तपाईँसँग सीप छ भने लगानी गर्दछौँ भन्नुभयो, राम्रो सल्लाह दिनुभयो,’ विगत सम्झदै सम्झौताले भनिन्,‘त्यसपछि हाम्रो पनि माइन्ड चेन्ज भयो, अनि गाउँमै व्यवसाय सुरु गर्याैं ।’
२०६६ सालमा पवनको सीपलाई व्यावसायिक बनाउनका लागि जीवन विकासले लगानी गरेको थियो । जीवन विकासले बिउ पूँजी उपलब्ध गराएपछि पवनले दुई वटा सिलाइकटाइको मेसिन ल्याएर टेलर्स सुरु गरे । त्यसपछि गरिबीबाट गुज्रिरहेको दैनिकी विस्तारै सुधारियो ।
पवन र सम्झौताले सुरुमा गाउँमा टेलर्स खोलेका थिए । गाउँपछि मधुमल्ला बजारमा आएर सिलाइकटाइको काम सुरु गरे । मधुमल्ला बजारमा सिलाइकटाइसँगै सम्झौता र पवनले कपडा पसल पनि खोलेका छन् । सिलाईकटाइको कामका लागि ५–६ जनालाई नियमित रोजगारी दिएका छन् । सिजनमा रोजगारी पाउनेको संख्या बढ्ने पवन बताउँछन् ।
बजारमा सिलाइकटाइको काम सुरु गरेपछि पवन र सम्झौताले आफ्नै घर बनाएका छन् । घडेरी पनि जोडेका छन् । ५० हजारबाट सुरु भएको व्यवसायको पूँजी ६० लाख हाराहारीको बनाएका छन् । अहिले उनीहरूको व्यवसाय भाडाको सटरमा छ, बजारमा घर बनाएर आफ्नै घरबाट व्यवसाय गर्ने योजनामा पवन र सम्झौता छन् । ‘त्यस्तो अवस्थामा जीवन विकासले विश्वास गरेका कारण हामी अहिले यो स्थानमा आएका छौँ,’ पवन भन्छन्,‘ अहिले राम्रो छ, तर राम्रो हुनका लागि संघर्ष चाहिँ गर्नुपर्छ ।’ ऋणको सही सदुपयोग गर्दा प्रगति सम्भव छ भन्ने उदारण पवन र सम्झौताले प्रस्तुत गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (997)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (330)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)