विराटनगर । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सडक किनारमा वृक्षारोपण अभियान सुरु गरेका छन् । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारदेखि भारतीय सीमा क्षेत्रसम्म पुग्ने सडकबाट उनले वृक्षारोपण अभियान सुरु गरेका हुन् ।
शनिबार सांसद मण्डलको समन्वयमा जीवन विकास समाजले औपचारिक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको थियो । धनपालथान गाउँपालिका र मेट लाइफ इन्स्योरेन्सले सहयोग गरेको अभियान सञ्चालनका लागि थ्री जिरो क्लब र जीवन विकास लघुवित्त वित्तीय संस्थासँग सहकार्य गरिएको छ ।
पहिलो दिन शनिबार ५ सय विरुवा रोपिएको थियो ।अभियानको पहिलो चरणमा क्षेत्र नम्बर ५ का सबै कालोपत्रे सडकको दाँया बाँया बिरुवा रोप्ने सांसद मण्डलको योजना छ ।
पृथ्वी बचाउने अभियान अन्तरगत कालोपत्रे सडकको किनारमा बिरुवा रोप्ने उनले बताए । कालोपत्रे सडक वातावरणीय हिसाबले हानिकारक रहेको बताउँदै उनले वातावरण संरक्षणका लागि सडक किनारमा वृक्षारोपण गर्न आग्रह गरे ।

अभियान अन्तरगत सडक किनारमा रोपिएको बिरुवा संरक्षणका लागि सम्बन्धित क्षेत्रका स्थानीयलाई जिम्मेवार बनाइनेछ । सडकको किनाराका घर छेउछाउ फलफूलको विरुवा रोप्दा स्थानीयले संरक्षण गर्ने उनको भनाई छ ।
धनपालथान गाउँपालिका अध्यक्ष जिवछ प्रसाद गच्छदारले पृथ्वी बचाउ अभियान अन्तरगत पालिका भित्रका सडकमा रोपिएका बिरुवा संरक्षण गरेर हुर्काउने बताए । सडकमा रोपिएको बिरुवाको संरक्षणका लागि पालिकाले सबैसँग सहकार्य गरेर काम गर्ने जानकारी दिए ।
कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशमा वन विस्तारका लागि मन्त्रालयले काम गरिरहेको बताए । वृक्षारोपण र वातावरण संरक्षणका लागि मन्त्रालयले निरन्तर सहयोग गरिरहने उनको भनाई छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले पनि वातावरण संरक्षणको क्षेत्रमा निरन्तर अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।
शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो क्लब गठन र सामाजिक कार्यमा युवा परिचालनका लागि काम गरिरहेको बताउँदै उनले रोपिएका विरुवालाई माया गरेर हुर्काउन आग्रह गरे ।
धनपालथान गाउँपालिकाका पूर्व प्रमुख हरिलाल सिंहले वृक्षरोपणसँगै संरक्षण अभियान सञ्चालन गर्न आग्रह गरे ।
मेट लाइफ इन्स्योरेन्सका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले स्वच्छ वातावरण अर्को पुस्तालाई हस्तान्तरणका लागि निरन्तर वृक्षरोपणसँगै संरक्षण आवश्यक रहेको बताए ।
अभियान उद्घाटनका क्रममा धनपालथान– ४ का वडा अध्यक्ष श्रीराम चौधरी र वडा नम्बर २ का अध्यक्ष पंकजकुमार मण्डलले आफ्नो वडा तहमा रोपिएको विरुवा संरक्षण गर्ने प्रतिवद्धता जनाए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)