अस्मिताको बयान : ‘श्रीमानले गाली गरेपछि दुई छोरीलाई विष खुवाएँ’ (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । दुई नाबालक छोरीको हत्या आरोपमा पक्राउ परेकी महिलाले श्रीमानले सधैँ गाली गरेका कारण छोरीलाई विष खुवाएर हत्या गरेको स्वीकार गरेकी छन् ।

शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र रु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की मृत फेला परेका थिए ।

नाबालिका हत्या आरोपमा प्रहरीले उनकी आमा अस्मितालाई बुधबार बिहान झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकी महिलाले आफूले विष खाएपछि छोरीलाई पनि विष खुवाएको बताएकी हुन् । ‘मलाई सधै मार्छु मात्रै भन्नुहुन्थ्यो,’ प्रहरीसँगकाे बयानमा उनले भनेकी छन्, ‘ मार्छु मात्रै भनेपछि घरबाट विषको बट्टासँगै छोरीलाई लिएर निस्किए, सुरुमा मैले खाए, पेट पोल्न थालेपछी छोरीलाई पनि खुवाए ।’

त्यसपछि आफू हिँडेको उनले बताइन् ।

शुक्रबार राति श्रीमानसँग विवादपछि उनी दुई छोरी लिएर हिँडेकी थिइन् ।

भतारिएर हिँडिरहेको अवस्थामा आज विहान साढे ४ बजे झापाको बिर्तामोडमा पक्राउ परेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

कमजोर अवस्थामा भेटिएकी उनलाई प्रहरीले ल्याएर कोसी अस्पतालमा उपचार गरेको थियो । उनलाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीकाे तयारी छ ।

प्रकाशित मिति: बुधबार, १९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
© 2024 Satyasanchar. All Rights Reserved.