विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल व्यावसायीलाई बोलाएर राति १० बजेभित्र होटलको गेट बन्द गर्न र होटलमा बसेका पाहुनालाई साढे १० बजेसम्म बिदा गर्न निर्देशन दिएकाे छ ।केहीदिनअघि बसेकाे सर्वपक्षीय छलफलपछि हाेटल सञ्चालनकाे समय सीमा तोकिदिएको हो ।
जिल्ला प्रशासनले प्रदेश सरकारसँग समन्वयन नगरी समयसीमा तोकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन् । राज्यले नागरिक तथा पर्यटकलाई २४ सै घण्टा सुरक्षा दिनुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले प्रशासनको यस्तो कदम गैरजिम्मेवार र पर्यटनमैत्री नभएको बताएका हुन् ।
विराटनगरका सडकमा रातभर नै सवारी कुद्छन् । विराटनटनगर विमानस्थलमा पनि मध्यरातसम्म उडान अवतरण हुन्छ । जिल्लाभरका रात्रिकालीन व्यवसायलाई समेट्ने एकीकृत मापदण्ड तयार नहुँदासम्म विराटनगरका हाेटल व्यवसाय सञ्चालन गर्न समयसीमा तोकिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताए । उनका अनुसार एक महिना भित्र मापदण्ड तयार गरेपछि नयाँ निर्णय हुनेछ । ‘होटलहरु राति १२ बजेसम्म सञ्चालन हुँदा मदिरा सेवन गरेका यात्रु निस्कदा दुर्घटना बढ्यो, त्यहाँ काम गर्ने महिला कामदारको सुरक्षा पनि भएन,’ उनले भने,‘ रात्रिकालिन मनोरञ्जनात्मक व्यावसाय सञ्चालन सम्बन्धी एकिकृत मापदण्ड तयार नभएसम्मका लागि १० बजे बन्द गर्ने निर्णय भएको हो, मापदण्ड बनेपछि समय बढ्छ ।’
मुख्यमन्त्री कार्कीले पर्यटकीय गन्तव्यमा पर्यटकहरू समय हेरेर मात्र नआउने बताए । ‘पर्यटनका लागि आउने पाहुना बिहान, दिउँसो, राति जतिबेला पनि आउन र जान सक्छन्,’ उनले भनेका छन्, ‘हाम्रो विराटनगरकै आन्तरिक विमानस्थल राति अबेरसम्म सञ्चालन हुन्छ भने सडक विस्तारसँगै मानिसहरूको आवागमन चौबिसै घण्टा हुन्छ ।’
छिमेकी मुलुक भारतका सीमावर्ती सहर विराटनगर वा आसपासका सहरमा आइपुग्ने यात्रुलाई लक्षित गर्दै उनले भनेका छन्,‘ साझ ८–९ बजे त्यहा ओर्लिएका पर्यटक वा पेसेन्जर हाम्रा शहरमा राती १० बजेदेखि बिहानसम्म यहा आईपुगे भने के भन्ने ? तपाईंहरु हाम्रो देश वा शहर नआउनुस भन्ने हो ? वा हाम्रा देश भित्रकै सडक यातायातबाट राती आईपुग्ने ब्यक्तीलाई बस÷गाडी बस्नुस् नओर्लिनुस भन्ने हो ? ’
नागरिक र पर्यटकलाई चौबिसै घण्टा सुरक्षा दिनु राज्यको दायित्व भएको उनले बताए । ‘राज्य वा स्थानिय प्रशासनले पर्यटक वा नागरिक लाई २४ घन्टा नै सेवा सुरक्षा दिनु पर्छ । राज्यले दिउँसो मात्रै सुरक्षा हुन्छ राती हुन्न दिन्न भन्न मिल्दैन,’ उनले भने,‘ जनता र हाम्रा पाहुनाको जिउधनको सुरक्षा गर्ने कामबाट कुनै पनि बहानामा उम्किन वा भाग्न पाइँदैन।’
स्थानीय प्रशासनले संवेदनशील र दीर्घकालीन असर पर्ने निर्णय लिनुअघि प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय र सल्लाह गर्नुपर्नेमा मुख्यमन्त्रीले बताएका छन् । ‘यस्ता गैरजिम्मेवार सूचना प्रकाशन गर्नुअघि दशपटक सोच्नुपर्छ,’ उनले भनेका छन्,‘देशको प्रतिष्ठा, पर्यटन क्षेत्र र यहाँका व्यवसायीलाई नकारात्मक असर पर्ने कुनै पनि काम गरिनु हुँदैन।’

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,691)
जीवन विकासले बोलायो साधारणसभा (2,637)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,593)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,587)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,455)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,369)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,606)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,580)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,297)