मोरङमा आधा किलाे ब्राउन सुगर समात्न प्रहरीले गोली चलायो, दुई जना घाइते, पस्तोलसहित तीन पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको  छ । नेपाल भारत सीमावर्ती क्षेत्र नजिकै प्रहरीले चलाएको गोली लागेर दुई भारतीय घाइते भएका छन् । पेस्तोल र करिब आधा किलो ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरीको गोली लागेर भारत अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक घाइते भएका छन् । उनीहरूसँगै रहेका मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पनि पक्राउ परेका छन् । दुई घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

लागुऔषधको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोली खटिएको थियो। राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो । ति ब्यक्ती भागेपछि प्रहरीले ८ राउण्ड गोली चलाएको थियो ।

प्रहरीले चलाएको गोली दुई भारतीयकाे घुडा मुनी गोली लागेको हो । प्रहरीले चाइनिज पेस्तोलबाट ५ राउन्ड र ब्रेडा पेस्तोलबाट ३ राउन्ड गरी जम्मा ८ राउन्ड गोली प्रहार गरेको डिएसपी मिश्रले बताए ।

पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको छ । डिएसपी मिश्रका अनुसार करिब ५०० ग्राम खैरो हेरोइन र  मोटरसाइकल पनि बरामद भएको छ । प्रहरीका अनुसार लामो समयदेखि यो समूहले लागुऔषधको कारोबार गर्दै आएको थियो । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, १४ कार्तिक, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
विराटनगरमा प्रशासनले हाेटल सञ्चालनकाे समय ताेकिदिएपछि मुख्यमन्त्रीकाे असन्तुष्टि
केन्द्र र प्रदेशमा सत्ता र समीकरण फेरिदा पनि नफेरिएका परशुराम खापुङ
नेपालमा बिहीबारदेखि ‘अर्नब’काे असर, आइतबारबाट मात्रै माैसम खुल्ने
मोरङमा आधा किलाे ब्राउन सुगर समात्न प्रहरीले गोली चलायो, दुई जना घाइते, पस्तोलसहित तीन पक्राउ
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
© 2024 Satyasanchar. All Rights Reserved.