विराटनगर । दसैँ, तिहार, छठ पर्वलक्षित सुरक्षाका लागि कोशी प्रदेश प्रहरी कार्यालयले छुट्टै रणनीति अपनाएको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले छुट्टै रणनीति अपनाएको हो ।
चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि ८ हजार १३३ जना प्रहरी जनशक्ती परिचाल गर्नेछ । प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाका अनुसार चाडपर्व सुरक्षा कार्ययोजना, २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लामा लागू गरिएको छ ।
चाडपर्वका बेला हुनसक्ने ठगी र चोरी जस्ता घटना नियन्त्रणका लागि ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका विभिन्न स्थानमा राखिएका सहायता कक्षबाट यात्रुलाई आवश्यक सहयोग, गुनासो सुनुवाइ र सुरक्षा सहजीकरण गर्नेछ ।
आकस्मिक घटनामा तत्काल परिचालन हुनेगरी ४५३ वटा ‘क्विक रेस्पोन्स टिम’ (क्यूआरटी) परिचालन गर्ने व्यवस्था मिलाइको छ । सुरक्षा संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा आवश्यकताअनुसार तत्काल हस्तक्षेप गर्न १५ वटा स्ट्राइकिङ टोली परिचालन भएको छ ।
सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षाका लागि १७९ स्थानमा संयुक्त राखिएको छ । प्रदेशभर ९८ मोबाइल गस्ती र २१५ पैदल गस्ती परिचालन गरिनेछ । उनका अनुसार मुख्य चोक, बजार तथा सार्वजनिक जमघट हुने स्थानमा सुरक्षा उपस्थिति बढाउन ५०३ स्थानमा पिकेट राखिनेछ ।
सीमानाकाबाट पटाका तथा अन्य विस्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका र शंकास्पद क्षेत्रमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । भिडभाड हुने चोक, बजार तथा अन्य सार्वजनिक स्थानमा सिसी क्यामेरा र ड्रोनबाट पनि निगरानी गरिनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,572)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,430)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,347)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,276)