विराटनगर । जीवन विकास समाजले २९ औँ वार्षिकोत्सव वृक्षरोपण कार्यक्रम गरी मनाएको छ । ‘गरिबी रहित नेपाल’को परिकल्पनासहित स्थापना जीवन विकास समाजले २९औँ वार्षिकोत्सव जीवन विकास सामुदायिक अस्पताल नजिकै सडकमा वृक्षरोपण गरी मनाएकाे हाे ।
वि.स. २०५४ साल असोज ५ गते स्थापित समाजले स्थापनाकालदेखि नै सामाजिक रूपान्तरण र जनहितका विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ ।
वातावरण संरक्षणप्रतिको उत्तरदायित्व बहन गर्दै आयोजित वृक्षरोपण कार्यक्रममा संस्थाकी अध्यक्ष रिबोलदेवी मण्डल, जीवन विकास सामुदायिक अस्पतालकी संयोजक तेजस्वी मण्डल, प्रशासन प्रमुख अनिता कुमारी गच्छदारलगायत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
वृक्षरोपणपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष रिबोलदेवी मण्डलले समाज रुपान्तरका लागि जीवन विकासले सुरु गरेका अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने बताइन् ।
मोरङ क्षेत्र नम्बर ५ का पूर्वसांसद योगेन्द्र मण्डलको अग्रसरतामा स्थापित जीवन विकास समाजले गरिबी निवारणका लागि लघुवित्त कार्यक्रम सञ्चालन गर्न ‘जीवन विकास लघुवित्त वित्तीय संस्था’ को प्रवर्द्धन गरेको छ। आम नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल, विद्यालय, कृषि आधुनिकीकरण र वातावरण संरक्षणसँगै बहुआयामिक क्षेत्रमा काम गर्दै आएकाे छ ।

सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,572)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,430)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,347)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,276)