विराटनगर । सशस्त्र प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–८ को सीमावर्ती क्षेत्रबाट ७ हजार ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहानका राति करिब २:५० बजे १४ वटा भार बनाएर ल्याइँदै गरेको अवस्थामा खुकुराका चल्ला बरामद गरेको हो ।
धानखेतको बाटो आउँदै गरेको समूह प्रहरीलाई देखेपछि फरार भएको थियो । खुला सीमाको फाइदा उठाएर चोरबाटोबाट ल्याइएका चल्लाको मूल्य अन्दाजी ७ लाख रुपैयाँ छ ।
बेवारिसे अवस्थामा बरामद भएको १४० कार्टुनमा सात हजार ब्रोइलर कुखुराका चल्ला भेटिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
सीमा क्षेत्रबाट अवैध रूपमा भित्रिने चल्ला तथा कुखुराका कारण नेपाली किसान र पोल्ट्री व्यवसायीले समस्या भोगिरहेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,572)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,430)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,277)