प्रधानमन्त्रीकाे सचिवालय सदस्य भन्दै धम्की दिने पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आफूलाई विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी दबाब र धाकधम्की दिने गरेको आरोपमा झापामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मुन्नाकुमार अधिकारीका अनुसार विश्वकर्माले आफू सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै विभिन्न स्थानमा आफ्नो परिचय दिने गरेका थिए ।

उनले आफू उच्च राजनीतिक तथा सरकारी जिम्मेवारीमा रहेको दाबी गर्दै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गर्ने र आफ्नो पद तथा पहुँच देखाएर दबाब तथा धाकधम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इन्स्पेक्टर अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

अनुसन्धानका क्रममा उनले दाबी गर्दै आएको रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको पद तथा जिम्मेवारी वास्तविक नभएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले विश्वकर्माविरुद्ध झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रहरीले विश्वकर्माले झुटो परिचय दिएर कसैबाट कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्‍याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.