विराटनगर । मोरङको बूढीगंगामा दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार साँझ दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियाे ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवल्दार बूढीगंगा–४ घर भएका ३६ वर्षीय सुदीप खड्काको मृत्यु भएको हाे । दुर्घटनामा परी टाउको, छाती, दुवै हात र खुट्टा एवं शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा चिकित्सकले साँझ ६ः५२ बजेतिर खड्कालाई मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । मृतक खड्का सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) स्वर्णकट्टी सप्तरीमा कार्यरत थिए ।
दुवै सवारीसाधन तथा बसका चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,572)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,430)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,276)