दैनिक भेटीकाे विवरण सार्वजनिक गर्दै सन्सारीमाई मन्दिर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । रंगेली नगरपालिका–७ मा रहेकाे सन्सारीमाई मन्दिरले संकलन हुने दैनिक भेटी तथा अन्य आम्दानीको विवरण सार्वजनिक गर्न थालेको छ ।  सन्सारीमाई मन्दिर व्यवस्थापनले मन्दिरको आधिकारिक फेसबुक पेजमार्फत अघिल्लो दिनको भेटी तथा आम्दानीको विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको हो ।

नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीपकुमार साहसहित पाँच पदाधिकारीको नेतृत्वमा रहेको व्यवस्थापनले मन्दिरको आर्थिक कारोबारलाई पारदर्शी बनाउन यस्तो अभ्यास थालिएको जनाएको छ ।

अब प्रत्येक दिन अघिल्लो दिनको आय–व्यय तथा आम्दानीको विवरण सामाजिक सञ्जालमार्फत भोलिपल्ट सार्वजनिक गरिने मन्दिर व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, २५ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.