विराटनगर । सुनसरी इटहरीकी ८ वर्षीया आस्वाना चौहानको सर्पदंशपछि उपचार पाउन नसक्दा मृत्यु भएको छ ।
बुधबार साँझ घरभित्र खेलिरहेकाे बेला उनलाई गोमन सर्पले टाेकेकाे थियाे । बायाँ हातमा टोकेपनि उनले परिवारलाई तुरुन्तै बताइनन् । परिवारले थाहा पाउँदा उनकाे अवस्था बिग्रिएकाे थियाे । लगतै परिवारले उनलाई इटहरीस्थित सर्पदंश उपचार केन्द्र लगे, तर अवस्था जटिल रहेकाले बालिकाको उपचार नहुने जानकारी दिइयो ।
त्यसपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदा उपचार सुरु भए पनि पीआईसीयू खाली नभएको भनियो । अन्तिममा विराटनगरको विराट शिक्षण अस्पताल पुर्याइँदा बुधबार साँझ ८ः१७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे ।
बालिकालाई डसेको सर्प स्थानीयले नियन्त्रणमा लिई मारेका थिए । शव विराट शिक्षण अस्पतालमै राखिएको छ । याे घटनाले सर्पदंश उपचार र बालसघन उपचार सेवाको अभावलाई पुनः उजागर गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,466)
जीवन विकासले बोलायो साधारणसभा (2,430)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,391)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,379)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,245)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,181)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,563)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,136)