सर्पकाे टाेकाइबाट बालिकाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरी इटहरीकी ८ वर्षीया आस्वाना चौहानको सर्पदंशपछि उपचार पाउन नसक्दा मृत्यु भएको छ ।

बुधबार साँझ घरभित्र खेलिरहेकाे बेला उनलाई गोमन सर्पले टाेकेकाे थियाे । बायाँ हातमा टोकेपनि उनले परिवारलाई तुरुन्तै बताइनन् । परिवारले थाहा पाउँदा  उनकाे अवस्था बिग्रिएकाे थियाे । लगतै परिवारले उनलाई इटहरीस्थित सर्पदंश उपचार केन्द्र लगे, तर अवस्था जटिल रहेकाले बालिकाको उपचार नहुने जानकारी दिइयो ।

त्यसपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदा उपचार सुरु भए पनि पीआईसीयू खाली नभएको भनियो । अन्तिममा विराटनगरको विराट शिक्षण अस्पताल पुर्याइँदा बुधबार साँझ ८ः१७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे ।

बालिकालाई डसेको सर्प स्थानीयले नियन्त्रणमा लिई मारेका थिए । शव विराट शिक्षण अस्पतालमै राखिएको छ । याे घटनाले सर्पदंश उपचार र बालसघन उपचार सेवाको अभावलाई पुनः उजागर गरेको छ ।

प्रकाशित मिति: बिहिबार, २५ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.