काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा भएकाे छ । याे अवधिमा नेपालको राजनीतिमा ठूलो सत्ता परिवर्तन भए पनि राजनीतिक दलहरूको सोच र शैलीमा भने खासै परिवर्तन आउन नसकेको देखिएको छ ।
२०८२ भदौमा भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध सुरु भएको आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो । दबाबका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । साे सरकारले फागुन २१ गते गरेकाे निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो जित हासिल गर्याे । कांग्रेस, एमाले जस्ता पुराना दललाई ठूलो धक्का दियो । तर निर्वाचनपछि पनि पुराना दलभित्र नेतृत्व परिवर्तन र संरचनागत सुधार हुन सकेको छैन । नयाँ सरकारकाे कार्यशैली प्रति पनि आम जनता सन्तुष्ट छैनन् ।
आन्दोलनताका सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताकाे पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । सहिद परिवारलाई राहत घाइतेलाई क्षतिपूर्ति, भ्रष्टाचार छानबिन आयोग र जेनजी परिषद् गठन जस्ता प्रमुख विषय अझै अलपत्र छन् । जेनजी अगुवाहरूले नयाँ सरकार पनि पुरानै शैलीमा चलेको आरोप लगाउँदै प्रतिबद्धता पूरा नभए फेरि आन्दोलनको चेतावनी दिएका छन् ।
सत्तारुढ रास्वपाभित्रै पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि देखिन थालेको छ । बाढी उद्धारमा ढिलाइ र जेनजी स्मृति कार्यक्रमको व्यवस्थापनलाई लिएर पार्टीका आफ्नै सांसदहरूले प्रश्न उठाएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,458)
जीवन विकासले बोलायो साधारणसभा (2,425)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,382)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,371)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,239)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,175)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,129)