जेनजी आन्दोलनको एक वर्ष : सत्ता फेरिएपनि फेरिएन प्रवृत्ति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा भएकाे छ । याे  अवधिमा नेपालको राजनीतिमा ठूलो सत्ता परिवर्तन भए पनि राजनीतिक दलहरूको सोच र शैलीमा भने खासै परिवर्तन आउन नसकेको देखिएको छ ।

२०८२ भदौमा भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध सुरु भएको आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो । दबाबका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढल्यो र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । साे सरकारले फागुन २१ गते गरेकाे निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो जित हासिल गर्याे । कांग्रेस, एमाले जस्ता पुराना दललाई ठूलो धक्का दियो । तर निर्वाचनपछि पनि पुराना दलभित्र नेतृत्व परिवर्तन र संरचनागत सुधार हुन सकेको छैन । नयाँ सरकारकाे कार्यशैली प्रति पनि आम जनता सन्तुष्ट छैनन् ।

आन्दोलनताका सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताकाे  पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । सहिद परिवारलाई राहत घाइतेलाई क्षतिपूर्ति, भ्रष्टाचार छानबिन आयोग र जेनजी परिषद् गठन जस्ता प्रमुख विषय अझै अलपत्र छन् । जेनजी अगुवाहरूले नयाँ सरकार पनि पुरानै शैलीमा चलेको आरोप लगाउँदै प्रतिबद्धता पूरा नभए फेरि आन्दोलनको चेतावनी दिएका छन् ।

सत्तारुढ रास्वपाभित्रै पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि देखिन थालेको छ । बाढी उद्धारमा ढिलाइ र जेनजी स्मृति कार्यक्रमको व्यवस्थापनलाई लिएर पार्टीका आफ्नै सांसदहरूले प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: बुधबार, २४ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.