काेशीमा पानीकाे बहाव उच्च

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वका पहाडी जिल्लाहरुमा वर्षा भएका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाे छ । कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा पुगेकाे हाे ।

कोशी ब्यारेजमा सोमबार बिहान ११ बजे गरिएको पछिल्लो मापनअनुसार प्रतिसेकेन्ड २ लाख ४ हजार ५६५ क्युसेक पानीको बहाव भइरहेको छ । पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।

बहाव बढेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएका छन् । काेशीमा जम्मा ५६ वटा   ढोका छन् ।

आइतबार राति कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख २० हजार क्युसेक पानीको बहाव मापन भएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, २२ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.