‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको दिब्य ज्योति अस्पतालले गाँजा बरामद भएकाे भ्यान अस्पतालकाे नभएको दाबी गरेको छ । मंगलबार राति प्रहरीले दिब्य ज्योति आँखा अस्पताल लेखिएको भ्यानमा ६० किलो गाँजा बरामद भएको थियो ।

दिब्य ज्योति आँखा अस्पताल विराटनगरका अध्यक्ष देवा यादवले बुधबार पत्रकार सम्मेलन गर्दै गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेका हुन् ।

दिब्य ज्याेति अस्पताल लेखिएकाे भ्यानमा गाँजा भेटिएकाे घटनापछि अस्पताललाई जाेडिएकाे विषयमा हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ,’ उनले भने,’ त्याे भ्यान अस्पतालकाे हाेइन् ।’ उनले अस्पतालको नाम दुरुपयोग गरी गाँजा तस्करी गर्नेलाई भ्यानलाई कारवाहीको माग पनि गरेका छन् ।

मंगलबार राति विराटनगर महानगरपालिका– १६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्य ज्योती अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानमा ६० किलो गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए ।

प्रकाशित मिति: बुधबार, १७ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.