विराटनगर । विराटनगरको दिब्य ज्योति अस्पतालले गाँजा बरामद भएकाे भ्यान अस्पतालकाे नभएको दाबी गरेको छ । मंगलबार राति प्रहरीले दिब्य ज्योति आँखा अस्पताल लेखिएको भ्यानमा ६० किलो गाँजा बरामद भएको थियो ।
दिब्य ज्योति आँखा अस्पताल विराटनगरका अध्यक्ष देवा यादवले बुधबार पत्रकार सम्मेलन गर्दै गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेका हुन् ।
दिब्य ज्याेति अस्पताल लेखिएकाे भ्यानमा गाँजा भेटिएकाे घटनापछि अस्पताललाई जाेडिएकाे विषयमा हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ,’ उनले भने,’ त्याे भ्यान अस्पतालकाे हाेइन् ।’ उनले अस्पतालको नाम दुरुपयोग गरी गाँजा तस्करी गर्नेलाई भ्यानलाई कारवाहीको माग पनि गरेका छन् ।
मंगलबार राति विराटनगर महानगरपालिका– १६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्य ज्योती अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानमा ६० किलो गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,425)
जीवन विकासले बोलायो साधारणसभा (2,396)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,351)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,336)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,212)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,143)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,103)