भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेकाे संख्या १ हजार १२७ पुगेकाे छ ।

नेपाल प्रहरीका अनुसार बुधबार बिहान ८ बजेसम्म १ हजार १२७ जनाकाे शव फेला परेकाे हाे ।

फेला परेका शवमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला र ३९७ पुरुष छन् । ४२७ वटा मानव शरीरका आंशिक अंगसमेत फेला परेका छन् ।

फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ शव परिवारलाई हस्तान्तरण गरिएको छ । ९११ शवको पहिचान अझै खुल्न सकेको छैन ।

प्रहरीका अनुसार बाढीमा परेर ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । थप १ हजार ३५० जनाको खोजीका लागि फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति: बुधबार, १७ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.