भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेकाे संख्या १ हजार १२७ पुगेकाे छ ।

नेपाल प्रहरीका अनुसार बुधबार बिहान ८ बजेसम्म १ हजार १२७ जनाकाे शव फेला परेकाे हाे ।

फेला परेका शवमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला र ३९७ पुरुष छन् । ४२७ वटा मानव शरीरका आंशिक अंगसमेत फेला परेका छन् ।

फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ शव परिवारलाई हस्तान्तरण गरिएको छ । ९११ शवको पहिचान अझै खुल्न सकेको छैन ।

प्रहरीका अनुसार बाढीमा परेर ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् । थप १ हजार ३५० जनाको खोजीका लागि फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति: बुधबार, १७ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.