भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघेको छ । प्रहरीले सार्वजनिक गरेकाे पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा फेला परेका शवको संख्या ५ सय ५३ पुगेको छ । बाढीमा परेर २७ जना प्रहरी अझै सम्पर्कविहीन छन् ।

नेपाल प्रहरीले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा गरी हालसम्म ५ सय ५३ वटा शव फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४ र पश्चिम क्षेत्रमा २८ वटा रहेका छन् ।

बाढीपछि उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ४८९ जना प्रहरी परिचालन गरिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या १ हजार ४७३ पुगेको छ । जसमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, १२ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.