भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । रसुवाको भोटेकोशी नदी हुँदै आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या साढे पाँच सय नाघेको छ । प्रहरीले सार्वजनिक गरेकाे पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा फेला परेका शवको संख्या ५ सय ५३ पुगेको छ । बाढीमा परेर २७ जना प्रहरी अझै सम्पर्कविहीन छन् ।

नेपाल प्रहरीले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा गरी हालसम्म ५ सय ५३ वटा शव फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४ र पश्चिम क्षेत्रमा २८ वटा रहेका छन् ।

बाढीपछि उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ४८९ जना प्रहरी परिचालन गरिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या १ हजार ४७३ पुगेको छ । जसमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, १२ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.