दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेका छन् । सिंहदरवारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका हुन् ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदिश खरेल लगायत उपस्थित रहेका छन् ।

सर्वदलीय बैठकको सुरुआत गर्दै रास्वपा सभापति लामिछानेले भने, ‘दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुननिर्माणमा सबै राजनीतिक दलमा लागौं ।’

सामाजिक सञ्जालको सही सदुपयोगका लागि पनि सबै एक ठाउँमा उभिनुपर्ने उनको आग्रह छ ।

प्रकाशित मिति: बिहिबार, ११ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.