राहत काेषमा राउतकाे ११ लाख सहयाेग

Satya Sanchar सत्य सञ्चार

विराटनगर । रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रूपैयाँ सहयोग गरेका छन् ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि राउतले व्यक्तिगत तर्फबाट ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका हुन् । विपद्को समयमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि कोषमा सहयोग गरेको राउतले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग गर्न कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघ–संस्थालाई पनि आग्रह गरेको छ ।

रंगेलीले एक दिनकाे तलब सहयाेग गर्ने

भाेटेकाेशीमा आएकाे बाढीका कारण प्रभावितकाे राहत तथा उद्दारका लागि रंगेली नगरपालिकाले पनि सहयाेग घाेषणा गरेकाे छ ।

रंगेली नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रदिप साहका अनुसार जनप्रतिनिधि र नगरपालिकाका सबै कर्मचारीकाे तर्फबाट एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा जम्मा गर्ने निर्णय भएकाे छ ।

प्रकाशित मिति: बिहिबार, ११ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.