राहत काेषमा राउतकाे ११ लाख सहयाेग

Satya Sanchar सत्य सञ्चार

विराटनगर । रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रूपैयाँ सहयोग गरेका छन् ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि राउतले व्यक्तिगत तर्फबाट ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका हुन् । विपद्को समयमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि कोषमा सहयोग गरेको राउतले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग गर्न कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघ–संस्थालाई पनि आग्रह गरेको छ ।

रंगेलीले एक दिनकाे तलब सहयाेग गर्ने

भाेटेकाेशीमा आएकाे बाढीका कारण प्रभावितकाे राहत तथा उद्दारका लागि रंगेली नगरपालिकाले पनि सहयाेग घाेषणा गरेकाे छ ।

रंगेली नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रदिप साहका अनुसार जनप्रतिनिधि र नगरपालिकाका सबै कर्मचारीकाे तर्फबाट एक दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा जम्मा गर्ने निर्णय भएकाे छ ।

प्रकाशित मिति: बिहिबार, ११ भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.