भाेटेकाेशीकाे बाढीले ४३१ मेगावाटका आयाेजनामा क्षति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  भाेटेकाेशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले सात वटा विद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । ऊर्जा मन्त्रालयका अनुसार ४३१.१ मेघावाट विद्युत आयाेजनामा क्षति पुगकाे हाे ।

रसुवागढी विद्युत् आयोजनाको १११ मेघावाट क्षति पुगेको छ । चिलिमेको २२, लाङटाङको २०, अप्पर त्रिशुली ३ एको ६०, त्रिशुली विद्यत आयोजनाको २४, देवीघाटको १४ र विद्युत प्राधीकरणको सोलार प्रणालीको २५ मेघावाट गरी कूल ४३१.१ मेघावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ ।

विभिन्न वितरण संरचनाहरु समेत क्षतिग्रस्त भएकोले विद्युत आपूर्ति अवरुद्ध हुन गएको मन्त्रालयले जनाएको छ ।

‘प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आपूर्ति नियमित नहुन्जेल सम्म धैर्य गरिदिई सोहिबमोजिमको सूचना प्रवाह गरिदिनु हुन समेत सम्बन्धित सबैमा प्राधिकरण हार्दिक अनुरोध गर्दछ,’ ऊर्जा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, १० भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.