भाेटेकाेशीकाे बाढीले ४३१ मेगावाटका आयाेजनामा क्षति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  भाेटेकाेशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले सात वटा विद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । ऊर्जा मन्त्रालयका अनुसार ४३१.१ मेघावाट विद्युत आयाेजनामा क्षति पुगकाे हाे ।

रसुवागढी विद्युत् आयोजनाको १११ मेघावाट क्षति पुगेको छ । चिलिमेको २२, लाङटाङको २०, अप्पर त्रिशुली ३ एको ६०, त्रिशुली विद्यत आयोजनाको २४, देवीघाटको १४ र विद्युत प्राधीकरणको सोलार प्रणालीको २५ मेघावाट गरी कूल ४३१.१ मेघावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ ।

विभिन्न वितरण संरचनाहरु समेत क्षतिग्रस्त भएकोले विद्युत आपूर्ति अवरुद्ध हुन गएको मन्त्रालयले जनाएको छ ।

‘प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आपूर्ति नियमित नहुन्जेल सम्म धैर्य गरिदिई सोहिबमोजिमको सूचना प्रवाह गरिदिनु हुन समेत सम्बन्धित सबैमा प्राधिकरण हार्दिक अनुरोध गर्दछ,’ ऊर्जा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, १० भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.