हिमताल फुटेर भोटेकोशीमा बाढी आएकाे अनुमान, अझै छ जोखिम

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भोटेकोशीसँग जाेडिएका नदीमा पुन बाढीकाे जाेखिम रहेकाे छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशीको जलाधार क्षेत्र चीनको तिब्बतसम्म फैलिएकाले त्यहाँ भएको कुनै प्राकृतिक घटनाको प्रभाव बाढीमा परेको हुनसक्ने आशंका गरिएको छ ।

बाढीको वास्तविक कारण पत्ता लगाउन स्याटेलाइट तस्बिरमार्फत अध्ययन गर्ने तयारी भइरहेको छ । यसका लागि चिनियाँ पक्ष र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतसँग सहकार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

मौसमविद्हरूका अनुसार रसुवा क्षेत्रमा मंगलबार साँझदेखि वर्षा भएको थिएन । त्यसैले सामान्य वर्षाका कारण मात्रै यति ठूलो बाढी आएको हो वा नदीको बहाव अन्य कारणले एक्कासि बढेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

बाढी पहिरो सम्बन्धी अध्ययन गर्दैआएका भूगोलका प्राध्यापक नरेन्द्रराज खनाल तिब्बतमा हिमपहिरो आएर बाढी आएको हुनसक्ने बताउँछन् ।

चिनियाँ एकेडेमी अफ साइन्समा कार्यरत हिमताल तथा हिमबाढी जोखिम अनुसन्धानकर्ता नितेश खड्काका अनुसार नेपाल–चीन सीमा क्षेत्रमा ठूलो हिमपहिरो खसेर नदी थुनिएको र त्यसबाट बनेको अस्थायी ताल फुट्दा बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान छ । तिब्बतको जिलोङ काउन्टीअन्तर्गत दोङलिङ साङ्पो क्षेत्रमा यस्तो घटना भएको हुनसक्ने उनको भनाइ छ ।

चिनियाँ पक्षले रसुवामा पुनः बाढी आउन सक्ने चेतावनी दिएको छ । चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा करिब ७ मिटर अग्लो पानी थुनिएको प्राकृतिक बाँध अझै रहेको र त्यो जुनसुकै बेला फुट्न सक्ने जोखिम छ ।

सम्भावित बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपासका बासिन्दा, राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, १० भदौ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.