विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रिजालको भान्सा ग्यास उद्योगलाई कारबाही गरेको छ । यसअघि कोशी ग्यास उद्योगलाई कारबाही गरेको थियो ।
बुधबार बुढीगंगा गाउँपालिका– ५ मा रहेको ‘रिजालको भान्सा ग्याँस उद्योग प्रालिलाई उपभोक्ता हित विपरीत कार्य गरेको भन्दै २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयसहितको बजार अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा उद्योगमा लापरबाही भेटिएको थियो ।
अनुगमन टोलीले उद्योग परिसरमा रहेका १९ वटा भरिएका सिलिण्डरहरूको तौल परीक्षण गरेको थियो । जसमध्ये एउटा सिलिण्डरमा तोकिएको भन्दा २४० ग्राम कम ग्यास फेला परेको थियो । उद्योगले म्याद गुज्रिएका दुई वटा सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि बजार पठाउन तयारी गरेको अवस्थामा फेला पारेको थियो । म्याद नाघेका सिलिण्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ ।
कम तौल र म्याद नाघेका सिलिण्डर फेला परेपछि अनुगमन टोलीले उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको थियो । अनुगमनका क्रममा ग्यास उद्योग भने बन्द अवस्थामा थियो ।
अनुगमनका क्रममा विराटनगर महानगरपालिका– ३ मा रहेको कञ्चनेश्वर ग्यास पसललाई पनि कारबाही गरेको छ । अनुगमन टोलीलाई जाँचबुझ र निरीक्षणको कार्यमा अवरोध पुर्याएपछि पसललाई १५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । साउन २३ गते बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग ग्यासले तौलमा अनियमितता गरेको भेटिएपछि प्रशासनले कारवाही गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)