रिजालको ग्यासलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले  रिजालको भान्सा ग्यास उद्योगलाई कारबाही गरेको छ । यसअघि कोशी ग्यास उद्योगलाई कारबाही गरेको थियो ।

बुधबार बुढीगंगा गाउँपालिका– ५ मा रहेको ‘रिजालको भान्सा ग्याँस उद्योग प्रालिलाई उपभोक्ता हित विपरीत कार्य गरेको भन्दै २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयसहितको बजार अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा उद्योगमा लापरबाही भेटिएको थियो ।

अनुगमन टोलीले उद्योग परिसरमा रहेका १९ वटा भरिएका सिलिण्डरहरूको तौल परीक्षण गरेको थियो । जसमध्ये एउटा सिलिण्डरमा तोकिएको भन्दा २४० ग्राम कम ग्यास फेला परेको थियो । उद्योगले म्याद गुज्रिएका दुई वटा सिलिण्डरमा समेत ग्यास भरेर बिक्रीका लागि बजार पठाउन तयारी गरेको अवस्थामा फेला पारेको थियो । म्याद नाघेका सिलिण्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ ।

कम तौल र म्याद नाघेका सिलिण्डर फेला परेपछि अनुगमन टोलीले उद्योगलाई २ लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको थियो । अनुगमनका क्रममा ग्यास उद्योग भने बन्द अवस्थामा थियो ।

अनुगमनका क्रममा विराटनगर महानगरपालिका– ३ मा रहेको कञ्चनेश्वर ग्यास पसललाई पनि कारबाही गरेको छ । अनुगमन टोलीलाई जाँचबुझ र निरीक्षणको कार्यमा अवरोध पुर्‍याएपछि पसललाई १५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । साउन २३ गते बुढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग ग्यासले तौलमा अनियमितता गरेको भेटिएपछि प्रशासनले कारवाही गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, २९ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.