धरानकाे बजेट पारित

Satya Sanchar सत्य सञ्चार

धरान । धरान उपमहानगरपालिकाले बजेट शून्यतामा गएकाे करिब डेढ महिना ढिला गरी आर्थिक वर्ष २०८३–८४ को बजेट ल्याएको छ ।

बिहीबार सम्पन्न १९औँ नगरसभाले कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको हो ।

बजेट, नीति तथा कार्यक्रम पारित भएसँगै धरान उपमहानगरपालिका लामो समयदेखि रहेको ‘बजेट होलिडे’बाट बाहिरिएको छ। स्थानीय तहले प्रत्येक आर्थिक वर्षको बजेट असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेट विनियोजनका विषयमा जनप्रतिनिधिबीच विवाद भएपछि धरानको बजेट समयमा आउन सकेको थिएन।

नगरसभामा प्रस्तुत बजेटले सडक तथा भौतिक पूर्वाधार, दीर्घकालीन खानेपानी समस्या समाधान, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ। सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत खाल्डाखुल्डीमुक्त नगर कार्यक्रमका लागि ४ करोड रुपैयाँ, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि १ करोड र धरान सभागृह निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।

धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि चतरा–कोशी नदीबाट पानी ल्याउने योजना संघीय सरकारको सहयोगमा अघि बढाउने बजेटमा उल्लेख छ। यसका लागि उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ।

उपमहानगरले शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ। संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदानसमेत समावेश गरिएको उक्त बजेटबाट विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ।

प्रकाशित मिति: शुक्रबार, २९ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.