कोशी प्रदेश : नेकपाभित्र मन्त्री छान्न सकस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकार विस्तारको तयारीसँगै  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छान्न सकस देखिएकाे छ । सत्ता साझेदार नेकपा एमाले नेकपालाई ४ वटा मन्त्रालय दिने सहमति गरेकाे छ । साे ससहमत भएपछि नेताहरूबीच दौडधुप बढेको छ ।

नेकपाभित्रको आन्तरिक भागबण्डा अनुसार साविक माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले १ मन्त्रालय पाउने सहमति  छ ।  एकीकृत समाजवादी समूहबाट प्रत्यक्ष निर्वाचित खिनु लङवा लिम्बु र समानुपातिक सांसद विद्या चाम्लिङ दाबेदारका रुपमा छन् ।  पूर्वमाओवादी तर्फ आकाक्षी धेरै छन् ।

मन्त्रीहरूको नाम र सरकारमा पार्टीको भूमिकाबारे अन्तिम टुंगो लगाउन नेकपाले शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

१७ सांसद रहेको नेकपामा पूर्व माओवादीका १३ र पूर्व एकीकृत समाजवादीका ४ जना सांसद छन् ।

प्रकाशित मिति: शुक्रबार, २९ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.