कोशी सरकारमा भागबन्डा: ४ मन्त्रालयमा नेकपाकाे दाबी, ३ दिन तयार एमाले

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ४ वटा मन्त्रालयमा दाबी गरेकाे छ ।  नेपाली कांग्रेसले सम्हालेका मन्त्रालयमा दाबी गरेकाे हाे ।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेसकै हैसियत र सम्मानजनक सहभागिता भए मात्र सरकारमा जाने बताए ।

यता नेकपा (एमाले) ले भने मन्त्रालयको सङ्ख्या नबढाई मौजुदा संरचनाभित्रै ३ वटा मन्त्रालय र आवश्यक परे एक राज्यमन्त्री दिएर समेट्ने रणनीति बनाएको छ ।

एमाले इन्चार्ज शेरधन राईले सांसद सङ्ख्याका आधारमा ६: ३ को अनुपातमा मन्त्रालय बाँडफाँड हुने बताए ।

मन्त्रालय भागबन्डाका साथै बजेट पुनरावलोकन, साझा न्यूनतम कार्यक्रम र प्रदेशको नामकरण संशोधन लगायतका विषयमा सहमति जुटाउन आज दुई दलबीच निर्णायक वार्ता हुँदैछ ।

प्रकाशित मिति: सोमबार, २५ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.