विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ४ वटा मन्त्रालयमा दाबी गरेकाे छ । नेपाली कांग्रेसले सम्हालेका मन्त्रालयमा दाबी गरेकाे हाे ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेसकै हैसियत र सम्मानजनक सहभागिता भए मात्र सरकारमा जाने बताए ।
यता नेकपा (एमाले) ले भने मन्त्रालयको सङ्ख्या नबढाई मौजुदा संरचनाभित्रै ३ वटा मन्त्रालय र आवश्यक परे एक राज्यमन्त्री दिएर समेट्ने रणनीति बनाएको छ ।
एमाले इन्चार्ज शेरधन राईले सांसद सङ्ख्याका आधारमा ६: ३ को अनुपातमा मन्त्रालय बाँडफाँड हुने बताए ।
मन्त्रालय भागबन्डाका साथै बजेट पुनरावलोकन, साझा न्यूनतम कार्यक्रम र प्रदेशको नामकरण संशोधन लगायतका विषयमा सहमति जुटाउन आज दुई दलबीच निर्णायक वार्ता हुँदैछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)