काठमाडौं । विराटनगरस्थित कोइराला निवास मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको रकम नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लिन अस्वीकार गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा संरक्षणका लागि दुई करोड रुपैयाँ विनियाेजन गरेकाे थियाे । याे रकम लिन काेइरालाले अस्वीकार गरेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सम्बोधन गर्दै २० साउनमा पत्र पठाएर शेखरले कोइराला निवासको मर्मत तथा सम्भारका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।
पत्रमार्फत उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको जन्मघर संरक्षणका लागि बजेट विनियोजन गरेकोप्रति आभार व्यक्त गरेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित कृष्णप्रसाद कोइरालाले करिब एक शताब्दीअघि निर्माण गरेको कोइराला निवासा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)