विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट पछि हटेका छन् । बुधबार भक्तपुरको गुण्डुमा मुख्यमन्त्री कार्की र प्रदेश पदाधिकारीहरूसँगको छलफलपछि ओलीले तत्काललाई कार्कीकै नेतृत्वले निरन्तरता पाउने निष्कर्ष सुनाएका हुन् ।
यसअघि ओलीले कार्कीलाई राजीनामा दिन निर्देशन दिँदै तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेका थिए
कार्कीले राजीनामा दिन अस्वीकार गरेपछि प्रदेशमा उनीविरुद्ध हस्ताक्षर संकलन समेत सुरु भएको थियो । तर, संसदीय दलको विधान र संवैधानिक अडानका कारण कार्की पछि नहटेपछि अन्ततः ओली आफ्नै निर्णयबाट पछि हट्दै ‘हाललाई काम गर्दै गर्न’ निर्देशन दिएका हुन् ।
उनले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी र मुख्यमन्त्री हिक्मत कार्कीसँग सामूहिक छलफल गरेका थिए । छलफलका क्रममा कोशीको राजनीतिक समीकरण, संवैधानिक अवस्था लगायत पृष्ठभूमि समेटेर मुख्यमन्त्री कार्कीले आफ्नो निरन्तरता हुनुपर्ने तर्क गरेका थिए । ‘अध्यक्षले पनि आफ्नो कुरा राख्नुभयो । मुख्यमन्त्रीले पनि राख्नुभयो,’ प्रदेश अध्यक्ष खतिवडाले भने,’हामी सबैले कुरा राखेपछि अध्यक्षले हाललाई निरन्तरता हुने निष्कर्ष सुनाउनुभयो ।’
यसअघि कोशी प्रदेशका मुख्यमन्त्रीबाट हिक्मतकुमार कार्कीलाई हटाउने निष्कर्षमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईवटा रणनीति अपनाएका थिए । पहिलो फकाउने, दोस्रो बलजफ्ती । पहिलो विकल्प सफल नभए दोस्रो विकल्पमा जान ओली पक्षका नेताहरू सक्रिय बनेका थिए । केपी शर्मा ओलीले काठमाडौंमा कार्कीसँग छलफल गरिरहँदा प्रदेशमा भने उनीविरुद्ध हस्ताक्षर अभियान चलेको थियो । हस्ताक्षर अभियानमा खटिएका एक नेताको दाबी अनुसार बहुमत सांसदको हस्ताक्षर संकलन भइसकेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)