ग्रामथानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ मा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका–७ कदमाहास्थित भित्री सडक खण्डमा कदमाहाबाट नोचातर्फ जाँदै गरेको को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी ७० वर्षीया चुम्नीदेवी मण्डललाई ठक्कर दिएको थियाे ।

प्रहरीका अनुसार बुधबार राति मोटरसाइकलको ठक्करबाट मण्डलको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।

मण्डललाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बिहान ४ः०५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, २१ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.