विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ मा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ ।
धनपालथान गाउँपालिका–७ कदमाहास्थित भित्री सडक खण्डमा कदमाहाबाट नोचातर्फ जाँदै गरेको को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी ७० वर्षीया चुम्नीदेवी मण्डललाई ठक्कर दिएको थियाे ।
प्रहरीका अनुसार बुधबार राति मोटरसाइकलको ठक्करबाट मण्डलको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।
मण्डललाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बिहान ४ः०५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)