विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सक्रियता देखाएका छन् । कोशी प्रदेश सरकार र संसदीय दलभित्र देखिएको असमझदारी चुलिएपछि अध्यक्ष ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका शीर्ष नेताहरूलाई छलफलका लागि काठमाडौँ बोलाएका हु्न् ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार, मुख्यमन्त्री कार्की आज दिउँसो ३ बजे ओली निवास भक्तपुरकाे गुण्डु पुग्ने छन् । छलफलका लागि मुख्यमन्त्री कार्कीसँगै एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई र प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई पनि बोलाइएको छ।
पछिल्लो समय कोशी एमालेभित्र मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर दुई धार देखिएको छ ।
अध्यक्ष ओलीले मुख्यमन्त्री कार्कीको विकल्पमा तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने प्रयास गरेपछि पार्टीभित्र आन्तरिक कलह बढेको हाे । उक्त प्रयास सफल हुन नसकेपछि यो विवाद प्रदेशबाट केन्द्रसम्म पुगेको हो ।
अध्यक्ष ओलीले यो विवादलाई थप बल्झिन नदिन संवादमार्फत निकास खोज्ने तयारी गरेका हुन् । सचिवालय स्रोतका अनुसार ओलीले मुख्यमन्त्री कार्की, इन्चार्ज राई र अध्यक्ष खतिवडासँग सामूहिक र आवश्यकता अनुसार ‘वान टु वान’ भेटवार्ता गर्नेछन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)