कोशीको किचलो सुल्झाउन अध्यक्ष ओलीको सक्रियता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेशभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सक्रियता देखाएका छन् । कोशी प्रदेश सरकार र संसदीय दलभित्र देखिएको असमझदारी चुलिएपछि अध्यक्ष ओलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका शीर्ष नेताहरूलाई छलफलका लागि काठमाडौँ बोलाएका हु्न् ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार, मुख्यमन्त्री कार्की आज दिउँसो ३ बजे ओली निवास भक्तपुरकाे गुण्डु पुग्ने छन् । छलफलका लागि मुख्यमन्त्री कार्कीसँगै एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई र प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई पनि बोलाइएको छ।

पछिल्लो समय कोशी एमालेभित्र मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर दुई धार देखिएको छ ।

अध्यक्ष ओलीले मुख्यमन्त्री कार्कीको विकल्पमा तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने प्रयास गरेपछि पार्टीभित्र आन्तरिक कलह बढेको हाे । उक्त प्रयास सफल हुन नसकेपछि यो विवाद प्रदेशबाट केन्द्रसम्म पुगेको हो ।

अध्यक्ष ओलीले यो विवादलाई थप बल्झिन नदिन संवादमार्फत निकास खोज्ने तयारी गरेका हुन् । सचिवालय स्रोतका अनुसार ओलीले मुख्यमन्त्री कार्की, इन्चार्ज राई र अध्यक्ष खतिवडासँग सामूहिक र आवश्यकता अनुसार ‘वान टु वान’ भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति: मङ्गलबार, १९ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.