माेरङमा मन्दिर, मस्जिद र चर्चमा चर्को आवाज बजाउन रोक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्रका सबै धार्मिक स्थलहरूलाई चर्को आवाजमा लाउडस्पीकर, माइक र साउण्ड बक्स प्रयोग नगर्न निर्देशन दिएकाे छ । विभिन्न धर्मावलम्बीहरूले धार्मिक क्रियाकलाप सञ्चालन गर्दा हुने उच्च ध्वनिका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको जनगुनासो आएकाे उल्लेख गर्दै प्रशासनले यस्तो निर्देशन जारी गरेकाे हाे ।

यसअघि माेरङ प्रशासनले डिजे प्रयाेगमा राेक लगाएकाे थियाे । बिहीबार सूचना जारी गर्दै मन्दिर, मस्जिद, चर्च, गुम्वा लगायतका सबै धार्मिक स्थलहरूलाई ध्वनि प्रदुषण सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएकाे हाे ।

चर्को आवाजका कारण घरमा रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरूमा मानसिक दीर्घरोगको जोखिम बढेको प्रशासनको सचनामा उल्लेख छ । प्रशासनकाे यो निर्देशन सर्वोच्च अदालतको मिति २०८०/९/१६ को फैसला र नेपाल राजपत्रमा प्रकाशित ध्वनि मापदण्डको आधारमा जारी गरिएको हो ।

सरकारले तोकेको ध्वनि मापदण्ड अनुसार ग्रामीण क्षेत्रमा दिउँसो ४५ डेसिबल र राती ४० डेसिबलसम्म आवाज बजाउन पाइन्छ । शहरी आवास क्षेत्रमामा दिउँसो ५५ डेसिबल र राती ५० डेसिबलसम्म मात्रै बजाउनु पर्ने उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘तोकिएको मापदण्ड विपरित ध्वनि प्रदुषण गरे वा गराएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।’

प्रकाशित मिति: बिहिबार, १४ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.