विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर डिजे (ठूलाे साउन्डका स्पिकर)को प्रयोगमा रोक लगाएको छ । प्रशासनले मंगलबार सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि डिजे बजाउन निषेध गरेको हो ।
प्रशासनका अनुसार जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कुनै पनि कार्यक्रममा डिजे प्रयोग गर्न पाइने छैन ।
सुनसरीमा डिजे प्रयाेगकाे विषयमा सुरु भएकाे विवादले उग्र रुप लिएपछि माेरङ प्रशासनले तत्कालका लागि यस्तो निर्णय गरेकाे हाे । सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यो सूचना विपरीत कसैले डिजेको प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कडा कारवाही गरिनेछ ।’
प्रशासनले सम्पूर्ण जिल्लाबासीहरूलाई यो नियमको पालना गर्न र सामाजिक अनुशासन कायम राख्न आग्रह गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,262)
जीवन विकासले बोलायो साधारणसभा (2,236)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,187)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,162)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,066)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,982)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,448)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,434)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,009)