मोरङमा डिजे प्रयोगमा राेक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर डिजे (ठूलाे साउन्डका स्पिकर)को प्रयोगमा रोक लगाएको छ । प्रशासनले मंगलबार सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि डिजे बजाउन निषेध गरेको हो ।

प्रशासनका अनुसार जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कुनै पनि कार्यक्रममा डिजे प्रयोग गर्न पाइने छैन ।

सुनसरीमा डिजे प्रयाेगकाे विषयमा सुरु भएकाे विवादले उग्र रुप लिएपछि माेरङ प्रशासनले तत्कालका लागि यस्तो निर्णय गरेकाे हाे ।  सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यो सूचना विपरीत कसैले डिजेको प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कडा कारवाही गरिनेछ ।’

प्रशासनले सम्पूर्ण जिल्लाबासीहरूलाई यो नियमको पालना गर्न र सामाजिक अनुशासन कायम राख्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति: मङ्गलबार, १२ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.