विराटनगरका शैक्षिक संस्था बन्द

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मंगलबार  विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य ९ जना घाइते भएका छन् । सोही घटनाको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन भएको थियो । मंगलबार सुरक्षाकाे कारण देखाउँदै विद्यालय खुलेनन् ।

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वत:स्फूर्त रूपमा बन्द भएका हुन् । महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार स्कुल बस सञ्चालनमा अवरोध गर्ने कुरा आएपछि विद्यालयहरूले पठनपाठन रोकेका हुन् । ‘महानगरले विद्यालय बिदा दिने औपचारिक निर्णय त गरेको छैन, तर बिहानैदेखि स्कुल र कलेजहरू खुलेनन्,’ ढुंगेलले भने, ‘स्कुल बस चल्न नदिने स्थिति भएपछि विद्यालयहरू बन्द भए ।’

कप्तानगञ्ज घटनाको विरोधमा सुनसरीका दक्षिणी क्षेत्रहरूमा पनि त्रास कायम छ । घटनाको शोकमा देवानगन्ज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

प्रदर्शनका कारण सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्थाहरू पनि आज बन्द छन् ।

प्रकाशित मिति: मङ्गलबार, १२ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.