कोशी प्रदेशको आम्दानी र खर्च ६ वर्ष यताकै कम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारको कुल आय र बजेट खर्च ६ वर्ष यताकै न्यून भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ३० अर्ब ३८ करोड ४७ लाख रुपैयाँ कुल आय गरेको थियाे । याे आर्थिक वर्ष २०७६/०७७ यताकै सबैभन्दा कम हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब २८ करोडले कम हाे । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको कुल आय २८ अर्ब २३ करोड भएको थियो ।

तथ्याङ्क अनुसार प्रदेशको आन्तरिक राजस्वमा पनि गिरावट आएको छ । अघिल्लो वर्ष ४ अर्ब ८९ करोड रहेको आन्तरिक राजस्व गत वर्ष १९ करोडले घटेर ४ अर्ब ७० करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ ।

बजेट खर्चको अवस्था पनि निराशाजनक देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा जम्मा २६ अर्ब २५ करोड २५ लाख रुपैयाँ मात्र खर्च भएको छ । खर्च कम हुँदा प्रदेशको सञ्चित खातामा ४ अर्ब १३ करोड २१ लाख रुपैयाँ बचत देखिएको छ । तीन वर्षअघि १८ अर्ब ११ करोड रुपैयाँ पुँजीगत खर्च भएको कोशी प्रदेशमा गत वर्ष जम्मा १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

प्रकाशित मिति: शुक्रबार, ०८ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.