विराटनगर । कोशी प्रदेश सरकारको कुल आय र बजेट खर्च ६ वर्ष यताकै न्यून भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ३० अर्ब ३८ करोड ४७ लाख रुपैयाँ कुल आय गरेको थियाे । याे आर्थिक वर्ष २०७६/०७७ यताकै सबैभन्दा कम हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा ३ अर्ब २८ करोडले कम हाे । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको कुल आय २८ अर्ब २३ करोड भएको थियो ।
तथ्याङ्क अनुसार प्रदेशको आन्तरिक राजस्वमा पनि गिरावट आएको छ । अघिल्लो वर्ष ४ अर्ब ८९ करोड रहेको आन्तरिक राजस्व गत वर्ष १९ करोडले घटेर ४ अर्ब ७० करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ ।
बजेट खर्चको अवस्था पनि निराशाजनक देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा जम्मा २६ अर्ब २५ करोड २५ लाख रुपैयाँ मात्र खर्च भएको छ । खर्च कम हुँदा प्रदेशको सञ्चित खातामा ४ अर्ब १३ करोड २१ लाख रुपैयाँ बचत देखिएको छ । तीन वर्षअघि १८ अर्ब ११ करोड रुपैयाँ पुँजीगत खर्च भएको कोशी प्रदेशमा गत वर्ष जम्मा १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)