जंगलमा ‘हिट एण्ड रन’: चार दिनपछि चालक पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ७ स्थित जङ्गलमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएको सरकारी सवारीसहित चालक पक्राउ परेका छन् । गत आइतबार भएको उक्त ‘हिट एण्ड रन’ घटनामा संलग्न सवारी र चालकलाई प्रहरीले चार दिनको सूक्ष्म अनुसन्धानपछि बुधबार राति पक्राउ गरेकाे हाे ।

गत आइतबार पूर्व–पश्चिम राजमार्गमा बा २ झ २२२६ नम्बरको गाडीले ठक्कर दिँदा पथरीशनिश्चरे–१० का ६० वर्षीय गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भए पनि जङ्गल क्षेत्रमा सिसी क्यामेरा नहुँदा ठक्कर दिने सवारी पत्ता लगाउन प्रहरीलाई सकस परेको थियो । घटनास्थलमा प्रमाणका रूपमा गाडीका केही फुटेका पार्टपुर्जा मात्र बाँकी थिए ।

प्रहरीले घटनास्थलमा भेटिएका साना पार्टपुर्जालाई ‘क्लु’ बनाएर अनुसन्धान अघि बढाइएको थियो । राजमार्गका विभिन्न स्थानका सिसी क्यामेरा फुटेज विश्लेषण गर्दै जाँदा उक्त गाडी सुनसरीको इटहरीस्थित ‘हेभी इक्विपमेन्ट सडक विभाग’ को रहेको पुष्टि भयो । त्यसपछि प्रहरी टोलीले बुधबार राति १० बजे इटहरीस्थित विभागकै कार्यालयभित्र लुकाइराखेको अवस्थामा सरकारी गाडी फेला पारेको हो ।

दुर्घटना गराएर फरार रहेका चालक सिराहा सुखीपुर–८ का ४४ वर्षीय राम उद्गार मण्डललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालक मण्डलविरुद्ध सवारी ज्यान मुद्दा अन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, ०७ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.