कटुवा पेस्ताेलसहित समातिएका व्यक्तिकाे साथमा भेटियाे खैराे हेराेइन र गाँजा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले विराटनगरबाट कटुवा पेस्तोल र लागुऔषधसहित बुधबार बिहानका राति एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादव पक्राउ परेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवको घरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले छापा हानेको थियो ।

घरको कोठा खानतलासी गर्दा यादवको साथबाट एक थान कटुवा पेस्तोल, लागुऔष्ध खैरो हेरोइन ३ ग्राम ०७ मिलिग्राम र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको डीएसपी मिश्रले बताए । पेस्तोल र लागुऔषध बरामद भएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: बुधबार, ०६ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.