सुकुना माविमा छात्रा दुर्व्यवहार प्रकरण : पक्राउ पर्नेको संख्या ४ पुग्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा थप एक शिक्षक पक्राउ परेका छन् । फरार रहेका संगीत शिक्षक भीम नेपाललाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।

यसअघि प्रहरीले विद्यालयका लेखा अधिकृत र शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छदार र बस चालक प्रदीप भट्टराईलाई पक्राउ गरेकाे थियाे ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र प्राप्त उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विद्यालयले आरोपितमध्ये मास्के, नेपाल र भट्टराईलाई यसअघि नै निलम्बन गरिसकेको छ । घटनाकाे बारेमा सुक्ष्म अनुसन्धान भइरहेको माेरङ प्रहरीका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति: मङ्गलबार, ०५ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.