विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा थप एक शिक्षक पक्राउ परेका छन् । फरार रहेका संगीत शिक्षक भीम नेपाललाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।
यसअघि प्रहरीले विद्यालयका लेखा अधिकृत र शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छदार र बस चालक प्रदीप भट्टराईलाई पक्राउ गरेकाे थियाे ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र प्राप्त उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विद्यालयले आरोपितमध्ये मास्के, नेपाल र भट्टराईलाई यसअघि नै निलम्बन गरिसकेको छ । घटनाकाे बारेमा सुक्ष्म अनुसन्धान भइरहेको माेरङ प्रहरीका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)