कोलकाताबाट पहिलोपटक विराटनगर आइपुग्यो कार्गाे रेल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतकाे कोलकाताबाट छुटेकाे कार्गाे रेल विराटनगर आइपुगेको छ । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल पहिलोपटक विराटनगर आएकाे हाे ।

गत शुक्रबार कोलकाताबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगरस्थित ‘कस्टम यार्ड’मा आइपुगेको हो । यससँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीका लागि ढुवानीमा नयाँ मार्ग खुलेको छ, जसले समय र लागत दुवै बचत हुने विश्वास गरिएको छ ।

पहिलो पटक नियमित सेवाका रूपमा आएको यस कार्गो रेलमा मोरङ–सुनसरी औद्योगिक करिडोरको ‘स्वस्तिक आयल इन्डस्ट्रिज’का लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ । यसअघि सडक मार्ग वा भारतको बथनाहासम्म मात्र रेलमा सामान आउने गरेकोमा अब सिधै नेपालको भन्सार बिन्दुसम्म रेल आइपुग्न थालेको हो ।

कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा एक विशेष समारोहका बीच गरिएको थियो । कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का प्रतिनिधिहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई बिदाइ गरेका थिए । सोमबार दिउँसो विराटनगर भन्सार यार्डमा रेल आइपुग्दा भन्सार कर्मचारी, स्थानीय उद्योगी र व्यवसायीहरूले उत्साहका साथ स्वागत गरेका थिए ।

विराटनगरको एकीकृत जाँच चौकीसम्म कार्गो रेल ल्याउने लक्ष्यका साथ २०८० साल जेठ महिनामा परीक्षणका रूपमा एउटा रेल आएको थियो । तर, विभिन्न नीतिगत जटिलता र प्रक्रियागत समन्वयको अभावमा उक्त सेवा नियमित हुन सकेको थिएन । पछिल्लो समय दुई देशका अधिकारीहरूबीच नीतिगत गाँठो फुकाउने र आवश्यक समन्वय गर्ने सहमति भएपछि अब कोलकाताबाट विराटनगरसम्मको रेल ढुवानी नियमित हुने सुनिश्चित भएको छ ।

प्रकाशित मिति: सोमबार, ०४ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.