काठमाडौं । सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि सातबुँदे नयाँ कार्यविधि लागू गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट प्रभावित हुने कर्मचारीहरूलाई व्यवस्थित गर्न यस्तो निर्णय गरेको हो ।
सरकारको नयाँ व्यवस्थाअनुसार सरकारी सेवाबाट अवकाश पाई उपदान वा निवृत्तिभरण लिइरहेका तर पुनः करारमा कार्यरत रहेका कर्मचारीहरूलाई शुक्रबारदेखि नै सेवाबाट बिदाइ गरिनेछ । अन्य करार कर्मचारीहरूलाई भने अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायको ‘पूल’ मा राखिनेछ, जसको एकीकृत विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अद्यावधिक गर्नेछ ।
अबदेखि नयाँ स्थापना भएका वा रिक्त दरबन्दी भएका कुनै पनि निकायमा नयाँ व्यक्ति करारमा नियुक्त गर्न पाइने छैन । त्यस्ता निकायमा कर्मचारी आवश्यक परे ‘पूल’ मा रहेका कर्मचारीहरूलाई नै करार सम्झौतामार्फत खटाइने व्यवस्था गरिएको छ । एकीकरण वा खारेजीको प्रक्रियामा रहेका निकायहरूमा सम्पत्ति संरक्षण र फरफारकका लागि आवश्यक न्यूनतम् जनशक्ति त्यहीँ कार्यरत करार कर्मचारीबाटै परिचालन गरिनेछ ।
करारमा रहेका कर्मचारीहरूको तलब भत्ताको व्यवस्था अर्थ मन्त्रालयले गर्नेछ । साथै, ‘पूल’ मा बाँकी रहने कर्मचारीहरूको दीर्घकालीन व्यवस्थापन, सेवा सुविधाका सर्त र करार अन्त्य गर्दा दिइने सुविधाबारे अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)