सरकारले करार कर्मचारी हटाउने तयारी गरेपछि सिंहदरबारमा प्रदर्शन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बालेन्द्र शाह नेतृत्वकाे सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने तयारी गरेपछि कर्मचारीहरू आन्दोलित भएका छन् । मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरूले बुधबार सिंहदरबारभित्रै काम ठप्प पारेर विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले साउनदेखि ‘आउटसोर्सिङ’ मार्फत कर्मचारी पूर्ति गर्ने तयारी गरेपछि संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ५७ हजार कर्मचारीको रोजगारी संकटमा परेको छ ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका अध्यक्ष काशीराज श्रेष्ठका अनुसार, स्वास्थ्य र शिक्षा क्षेत्रसमेत जोड्दा करिब २ लाख कर्मचारी प्रभावित हुनेछन् । यसरी हटाइनेमा २५ वर्षदेखि सेवा गरिरहेका कार्यालय सहयोगीदेखि प्राविधिक र स्वास्थ्यकर्मीसम्म रहेका छन् ।

सरकारले आफूहरूलाई रित्तो हात बिदाइ गरेर ठेक्का प्रथाबाट नयाँ कर्मचारी भर्ना गर्न लागेको भन्दै उनीहरूले निर्णय सच्याउन माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, ३१ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.