कोशी प्रदेशमा बसाइँसराइ उच्च, पहाड फर्किनेलाई छुटको घोषणा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशमा आन्तरिक बसाइँसराइको दर देशभरमै उच्च देखिएको छ । कोशी प्रदेश योजना आयोगको पछिल्लो प्रतिवेदनअनुसार रोजगारीको अभावमा बसाइँसराइ उच्च देखिएकाे हाे । राेजगारी र कृषिका लागि पहाडी र हिमाली जिल्लाबाट तराईतर्फ बसाइँ सर्ने क्रम तीव्र बनेको हो ।

विशेषगरी खोटाङ, भोजपुर र पाँचथरबाट मानिसहरू शिक्षा, स्वास्थ्य र आधुनिक सुविधाको खोजीमा झापा, मोरङ र सुनसरीमा केन्द्रित भइरहेका छन् ।

बसाइँ सर्नेहरूको पहिलो रोजाइ मोरङको सुन्दरहरैंचा क्षेत्र देखिएकाे छ । तराई झरेकामध्ये ६५ प्रतिशतले आफ्नो जीवनस्तर सुध्रिएको बताएका छन्,जसले गर्दा उनीहरूलाई पुनः पहाड फर्काउन सरकारलाई चुनौतीपूर्ण देखिएको छ ।

बसाइँसराइ रोक्न सरकारको ‘रिभर्स माइग्रेसन’ योजना

बसाइँसराइले पहाडमा खेतीयोग्य जमिन बाँझो हुने, विद्यालयमा विद्यार्थी घट्ने र वन्यजन्तुको आतङ्क बढ्ने समस्या देखिएपछि प्रदेश सरकारले ‘उल्टो बसाइँसराइ’ (रिभर्स माइग्रेसन) लाई प्रोत्साहन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले तराईबाट पुनःपहाड फर्किएर घर–जग्गा खरिद गर्नेहरूलाई मालपोतको रजिष्ट्रेशन शुल्कमा शतप्रतिशत छुट दिइनेछ । पहाडी क्षेत्रमा सूचना प्रविधि र स्थानीय स्तरमा रोजगारी सिर्जना गरी नागरिकलाई गाउँमै बस्ने वातावरण बनाउने सरकारकाे याेजना छ ।

योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार सरकारले अब विश्वविद्यालयहरूसँगको सहकार्यमा ‘नीति प्रयोगशाला’ बनाएर अनुसन्धानमा आधारित विकासका योजनाहरू अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति: बुधबार, ३१ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.