भाेलिबाट भरि सिलिन्डर ग्यास पाइने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यास भरि सिलिन्डर बिक्री गर्ने निर्णय गरेकाे छ

निगमले बुधबार (असार ३१) देखि साविककै १४.२ केजीको ग्यास बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । मूल्य भने दुई हजार ६० रुपैयाँ ताेकिएकाे छ ।

यसअघि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो । अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको हाे ।

‘इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भएको लोडिङको अवस्थामा सुधार तथा आमउपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले मिति २०८३/०३/३१ गतेबाट मुलुकभर नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको व्यहोरा अनुरोध छ,’ निगमले भनेको छ ।

निगमका अनुसार, हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेको छ ।  आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले उपभोक्तासँग अनुरोध गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.