भाेलिबाट भरि सिलिन्डर ग्यास पाइने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यास भरि सिलिन्डर बिक्री गर्ने निर्णय गरेकाे छ

निगमले बुधबार (असार ३१) देखि साविककै १४.२ केजीको ग्यास बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । मूल्य भने दुई हजार ६० रुपैयाँ ताेकिएकाे छ ।

यसअघि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो । अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको हाे ।

‘इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भएको लोडिङको अवस्थामा सुधार तथा आमउपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिन्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले मिति २०८३/०३/३१ गतेबाट मुलुकभर नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य दुई हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको व्यहोरा अनुरोध छ,’ निगमले भनेको छ ।

निगमका अनुसार, हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेको छ ।  आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न निगमले उपभोक्तासँग अनुरोध गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.