काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै चर्को आलोचना गरेका छन् । राष्ट्रियता, जनजीविका, मानव अधिकार र पछिल्ला केही शंकास्पद घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले सरकारमाथि प्रश्न गरेका हुन् ।
सोमबार राजधानीका केही सञ्चारमाध्यम र राजनीतिक नेताहरूको घर अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनालाई लिएर सदनमा सरकारको विरोध भयो । प्रतिपक्षी सांसदहरूले यो कार्य सरकारकै इशारामा भएको दाबी गर्दै यसलाई ‘राज्य आतंक’को संज्ञा दिएका छन् ।
बैठकमा बोल्दै नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले नेपालको भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्ने दायित्वबाट सरकार विमुख भएको आरोप लगाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले प्रश्न सोध्ने नागरिकमाथि दमन गरेको आरोप लगाए । राज्य संरक्षित व्यक्तिहरू परिचालन गरी सञ्चार गृह र विपक्षी नेताहरूको गेटमा गाडी राखेर तर्साउन खोजिएको उनको दाबी थियो । ‘प्रधानमन्त्री र गृहमन्त्रीले नै ट्राफिक नियम उल्लंघन गरिरहनुभएको छ, तर आम नागरिकलाई भने सास्ती दिइन्छ । कानुन सबैका लागि बराबर हुनुपर्छ ।’ उनले भने ।
आत्मदाह गरेका गणेश नेपालीको उपचारमा सरकारले लापरबाही गरेको र उनलाई अपराधीजस्तो व्यवहार गरिएको उनकाे आराेप छ ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको विगतको अभिव्यक्तिको स्मरण गराउँदै अहिलेको कार्यशैलीको आलोचना गरे । ‘हिजो काठमाडौंको मेयर हुँदा सिंहदरबार जलाइदिने धम्की दिने व्यक्ति आज देशको सर्वोच्च पदमा बसेर राष्ट्रियताको सवालमा गैरजिम्मेवार बन्नुभएको छ,’ राईले भने,’रोस्टममा उभिएर सीमा मिचिएको कुरालाई हलुका रूपमा टिप्पणी गर्दा छिमेकीले झनै मिच्ने डर पैदा भएको छ ।’
नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार १८२ सिटको बहुमतको अहंकारमा चलेको र यसले संविधान र कानुन मिच्ने ‘लाइसेन्स’ नदिने बताए । सरकारले नागरिकको मुख थुन्ने र अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने प्रयास गरेको उनको आरोप थियो ।
प्रतिपक्षको चर्को आलोचनापछि सत्ता पक्षका सांसदहरूले ती आरोपहरूको खण्डन गरेका छन् । सांसद टीका संग्रौलाले राज्यले नै गाडी पार्किङ गराएको भन्ने आरोप निराधार रहेको भन्दै त्यसको प्रमाण पेश गर्न चुनौती दिइन् । एउटा व्यक्तिको निजी क्रियाकलापलाई लिएर सिङ्गो राज्यलाई दोषी देखाउनु गलत भएको उनकाे भनाइ थियाे । रास्वपाका सांसदहरूले प्रतिपक्षी नेताहरूले प्रयोग गरेको ‘लासको सिँढी’ जस्ता शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग गरे ।
बैठकमा सांसद अमरेशकुमार सिंहले देशमा व्याप्त युवा निराशा र आर्थिक संकटप्रति चिन्ता व्यक्त गरे । उनले दोषारोपण भन्दा पनि सबै राजनीतिक दल मिलेर साझा राष्ट्रिय मुद्दाहरू तय गर्नुपर्नेमा जोड दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)