कोशीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मौसममा बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले आज देशभर साधारणतया बादल लाग्ने र धेरैजसो स्थानमा वर्षा हुने सम्भावना छ ।

आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम हुनसक्ने भन्दै विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ । यसले कृषि, स्वास्थ्य, पर्यटन र सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्लो जानकारीमा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.