कोशीसहितका प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मौसममा बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले आज देशभर साधारणतया बादल लाग्ने र धेरैजसो स्थानमा वर्षा हुने सम्भावना छ ।

आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भू-क्षयको जोखिम हुनसक्ने भन्दै विभागले सतर्कता अपनाउन अनुरोध गरेको छ । यसले कृषि, स्वास्थ्य, पर्यटन र सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्लो जानकारीमा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.