विराटनगरकाे भाटभटेनी सुपरमार्केट पुन सञ्चालनमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी भएकाे विराटनगरको भाटभटेनी सुपरमार्केट शनिबारबाट पुनः सुचारु गरेको छ ।

जेनजी आन्दोलनका क्रममा सरसमानसहित भवनमा आगजनी भएपछि ठूलो क्षति भोगेको भाटभटेनीले शनिबारबाट सेवा सुरु गरेकाे हाे । भाटभटेनी खुलेसँगै सरसमान खरिदका लागि स्थानीयको विहानबाट भीड लागेको छ ।

करिब १० महिनाकाे पुननिर्माणपछि सञ्चालनमा आएकाे भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पनु पौडेलले बताए । ‘विराटनगर र स्थानीयको साथ र सहयोगसहित खरानीबाट फेरि एकपटक हामी बजारमा उत्रिएको छौ,उनले भने,’हामीलाई सञ्चालनमा ल्याउनका लागि विराटनगरवासीको ठूलो साथ रहेको छ ।’

विराटनगरमा कार्यरत करिब ३ सय कर्मचारीको साथ र अथक मेहनतले असारमै मार्केटलाई अघि बढाउन सकिएको उनले बताए । गतवर्ष भदौंमा भएको आगजनीपछि भवन पूर्ननिर्माणदेखि स्टोरका सरसमानमा गरि हालसम्म १ सय करोड नेपाली रुपैयाँ खर्च भएको उनको भनाई छ ।

जेनजी आन्दोलनका क्रममा विराटनगरसहित काठमाडौंको महाराजगञ्ज, कोटेश्वर, बौद्ध, बालुवाटार, भरतपुर, पोखरागरि १२ वटा सुपरमार्केटमा क्षति पुगेको थियो । भाटभटेनी सुपरमार्केटका अनुसार क्षति पुगेका मध्ये ५ वटा स्थानका सुपरमार्केट सञ्चालनमा आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: आइतबार, २८ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.