विराटनगरकाे भाटभटेनी सुपरमार्केट पुन सञ्चालनमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी भएकाे विराटनगरको भाटभटेनी सुपरमार्केट शनिबारबाट पुनः सुचारु गरेको छ ।

जेनजी आन्दोलनका क्रममा सरसमानसहित भवनमा आगजनी भएपछि ठूलो क्षति भोगेको भाटभटेनीले शनिबारबाट सेवा सुरु गरेकाे हाे । भाटभटेनी खुलेसँगै सरसमान खरिदका लागि स्थानीयको विहानबाट भीड लागेको छ ।

करिब १० महिनाकाे पुननिर्माणपछि सञ्चालनमा आएकाे भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पनु पौडेलले बताए । ‘विराटनगर र स्थानीयको साथ र सहयोगसहित खरानीबाट फेरि एकपटक हामी बजारमा उत्रिएको छौ,उनले भने,’हामीलाई सञ्चालनमा ल्याउनका लागि विराटनगरवासीको ठूलो साथ रहेको छ ।’

विराटनगरमा कार्यरत करिब ३ सय कर्मचारीको साथ र अथक मेहनतले असारमै मार्केटलाई अघि बढाउन सकिएको उनले बताए । गतवर्ष भदौंमा भएको आगजनीपछि भवन पूर्ननिर्माणदेखि स्टोरका सरसमानमा गरि हालसम्म १ सय करोड नेपाली रुपैयाँ खर्च भएको उनको भनाई छ ।

जेनजी आन्दोलनका क्रममा विराटनगरसहित काठमाडौंको महाराजगञ्ज, कोटेश्वर, बौद्ध, बालुवाटार, भरतपुर, पोखरागरि १२ वटा सुपरमार्केटमा क्षति पुगेको थियो । भाटभटेनी सुपरमार्केटका अनुसार क्षति पुगेका मध्ये ५ वटा स्थानका सुपरमार्केट सञ्चालनमा आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: आइतबार, २८ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.