विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीबाट जाेगिन् पोखरीमा हाम फालेका युवककाे शव फेला परेकाे छ बुधबार भेडियारीमा प्रहरीले माेटरसाइकल राेक्न खाेज्दा १७ वर्षीय मञ्जितकुमार यादव भागेर पाेखरीमा हाम्फालेका थिए । शुक्रबार बिहान उनकाे शव फेला परेकाे हाे ।
बुधबार बिहान गाँजासहितको मोटरसाइकल प्रहरीले रोक्न खोज्दा उनी पोखरीमा हाम फालेर बेपत्ता भएका थिए । उनीसँगै रहेका भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई भने प्रहरीले ६ किलो १३० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार, बेपत्ता युवककाे खोजी कार्य जारी रहेकै अवस्थामा शुक्रबार बिहान १०ः३० बजेतिर शव भेडियारी पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा भेटिएको हो । उनका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयले बुधबारदेखि नै उनको खोजी गरिरहेका थिए ।
प्रहरीले युवकले चलाएकाे भारतीय नम्बर प्लेट (बीआर ५० एएल ३६८७) को मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएकाे छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)