प्रहरीलाई देखेपछि पोखरीमा हाम फालेका युवककाे शव भेटियाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीबाट जाेगिन् पोखरीमा हाम फालेका युवककाे शव फेला परेकाे छ  बुधबार भेडियारीमा प्रहरीले माेटरसाइकल राेक्न खाेज्दा  १७ वर्षीय मञ्जितकुमार यादव भागेर पाेखरीमा हाम्फालेका थिए । शुक्रबार बिहान उनकाे शव फेला परेकाे हाे ।

बुधबार बिहान गाँजासहितको मोटरसाइकल प्रहरीले रोक्न खोज्दा उनी पोखरीमा हाम फालेर बेपत्ता भएका थिए । उनीसँगै रहेका भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई भने प्रहरीले ६ किलो १३० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार, बेपत्ता युवककाे खोजी कार्य जारी रहेकै अवस्थामा शुक्रबार बिहान १०ः३० बजेतिर शव भेडियारी पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा भेटिएको हो ।  उनका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयले बुधबारदेखि नै उनको खोजी गरिरहेका थिए ।

प्रहरीले युवकले चलाएकाे भारतीय नम्बर प्लेट (बीआर ५० एएल ३६८७) को मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, २६ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.