रामधुनीमा सवारी दुर्घटना हुँदा छाेराकाे मृत्यु, बुबा घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन् ।

मंगलबार महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०४–००१ प ७६१५ नम्बरको १५० सीसीको यामाहा मोटरसाइकल अनियन्त्रित भई चिप्लिएर दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार रामधुनी–५ का २९ वर्षीय साजन गौतमको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, मोटरसाइकल चिप्लिएर विपरीत दिशा (पश्चिमबाट पूर्व) तर्फ आउँदै गरेको प्र १–०१–००१ ख ४१०२ नम्बरको बसको पछाडिको भागमा ठोक्किन पुगेको थियो । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका साजनको मोरङको टंकिसिनुवारीस्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक, मृतकका बुबा ५० वर्षीय बेद प्रसाद गौतम घाइते भएका छन् । उनको बायाँ हातमा चोट लागेको छ । घाइते दुवैलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न बस र चालक उदयपुरको रौतामाई नगरपालिका–१ बस्ने ३७ वर्षीय धिरज कुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, २४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.