अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारकाे सन्यास

Satya Sanchar सत्य सञ्चार

अमेरिका । विश्व चर्चित फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका छन् । विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत सोमबार बिहान भएको प्रतिस्पर्धामा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय  गरेका हुन् ।

३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ अन्तर्राष्ट्रिय खेल खेल्दै ८० गोल गरेका छन् । यससँगै उनी ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करिअर टुंग्याउन सफल भएका छन् । लामो समयसम्म टोलीको आक्रमण पंक्तिको नेतृत्व गरेका नेयमारले आफ्नो देशका लागि थुप्रै स्मरणीय उपलब्धि हासिल गरे ।

ब्राजिलको हारपछि निकै भावुक देखिएका नेयमारले आफ्नो अन्तर्राष्ट्रिय यात्रा समाप्त भएको घोषणा गरेका हुन् । उनले भने, ‘मैले प्रयास गरेँ । मैले साँच्चिकै धेरै प्रयास गरेँ । मेरो यात्रा यही मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो र यहीँ आएर समाप्त भयो । अब सबै कुरा सकियो ।’ उनको यो अभिव्यक्तिसँगै ब्राजिलको राष्ट्रिय टोलीसँगको डेढ दशकभन्दा लामो फुटबल यात्रा औपचारिक रूपमा समाप्त भएको हो ।

नेयमारले सन् २०१० मा ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनले चार संस्करणको विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरे । यस्तै, दुई ओलम्पिक खेलमा पनि सहभागी भएका उनले सन् २०१२ मा रजत पदक जितेका थिए भने सन् २०१६ को रियो ओलम्पिकमा कप्तानका रूपमा टोलीलाई पहिलो पटक फुटबलतर्फ स्वर्ण पदक दिलाएका थिए ।

विश्वकप २०२६ मा भने नेयमारको भूमिका सीमित रह्यो । उनले प्रतियोगिताका दुई खेलमा मात्र वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्ने अवसर पाए । समूह चरणमा स्कटल्यान्डविरुद्ध दोस्रो हाफमा मैदान छिरेका उनले नर्वेविरुद्धको अन्तिम १६ को खेलमा इन्जुरी समयमा पेनाल्टीमार्फत प्रतियोगितामा आफ्नो एकमात्र गोल गरेका थिए । तर, उनको गोलले पनि ब्राजिललाई हारबाट जोगाउन सकेन ।

यता, बलियो मानिएको ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको नर्वेले अब जुलाई ११ मा मियामी स्टेडियममा हुने खेलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । ब्राजिलको हारसँगै राष्ट्रिय टोलीबाट नेयमारको बहिर्गमनले विश्व फुटबलको एक महत्त्वपूर्ण अध्यायको पनि अन्त्य भएको छ ।

वर्षौंसम्म आफ्नो कौशल, गति, सिर्जनात्मक खेल र गोल गर्ने क्षमतामार्फत समर्थकलाई रोमाञ्चित बनाएका नेयमार अब अन्तर्राष्ट्रिय फुटबलमा इतिहासका सफल ब्राजिलियन खेलाडीमध्येमा स्मरण गरिनेछन् ।

प्रकाशित मिति: सोमबार, २२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.