अभिषेक गिरी पक्राउ पर्दा कारागारमा विवाद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र तनाव बढेको छ । कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी पक्राउ परेपछि कारागार भित्र तनाव भएको हो ।

गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित  घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार ब्लक बी का कैदीबन्दीले गिरीको पक्षमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । ब्लक ए का कैदीबन्दीले भने गिरीका विरुद्ध प्लो कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

मोरङ कारागारमा ३ वटा ब्लक छन् । ती ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मीभत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको थियो । जेलर घिमिरेका अनुसार ए ब्लकमा ५३९ जना, बी ब्लकमा ५३६ जना र महिला ब्लकमा ११० जना छन् । बी ब्लकका ५३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भने वितरण गरेको केही समयमा गायब भएको थियो । सोही घटनामा जोडिएपछि गिरी पक्राउ परेका थिए । शनिबार बिहान पक्राउ परेका उनी छाती दुख्यो भन्दै अस्पताल भर्ना भएका छन् । छाती दुख्यो भनेपछि उनलाई प्रहरीले कोशी अस्पताल भर्ना गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि चौकिदारलाई लिएर जाँदा पनि कैदीबन्दीले विरोध गरेका थिए । विवादास्पद छविका गिरी ९ वर्ष कैद सजायपछि छुटेर नेपाली कांग्रेसबाट राजनीति गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, १३ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.