अभिषेक गिरी पक्राउ पर्दा कारागारमा विवाद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र तनाव बढेको छ । कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी पक्राउ परेपछि कारागार भित्र तनाव भएको हो ।

गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित  घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार ब्लक बी का कैदीबन्दीले गिरीको पक्षमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । ब्लक ए का कैदीबन्दीले भने गिरीका विरुद्ध प्लो कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

मोरङ कारागारमा ३ वटा ब्लक छन् । ती ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मीभत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको थियो । जेलर घिमिरेका अनुसार ए ब्लकमा ५३९ जना, बी ब्लकमा ५३६ जना र महिला ब्लकमा ११० जना छन् । बी ब्लकका ५३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भने वितरण गरेको केही समयमा गायब भएको थियो । सोही घटनामा जोडिएपछि गिरी पक्राउ परेका थिए । शनिबार बिहान पक्राउ परेका उनी छाती दुख्यो भन्दै अस्पताल भर्ना भएका छन् । छाती दुख्यो भनेपछि उनलाई प्रहरीले कोशी अस्पताल भर्ना गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि चौकिदारलाई लिएर जाँदा पनि कैदीबन्दीले विरोध गरेका थिए । विवादास्पद छविका गिरी ९ वर्ष कैद सजायपछि छुटेर नेपाली कांग्रेसबाट राजनीति गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, १३ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.