रवि लामिछानेकाे प्रतिवेदन : रास्वपा र मलाई सिध्याउन राज्यका तीनै अंगको दुरुपयोग भयाे

Satya Sanchar सत्य सञ्चार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीविरुद्ध राज्य संयन्त्रको व्यापक दुरुपयोग भएको आरोप लगाएका छन् । चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा ‘राजनीतिक प्रतिवेदन’ पेस गर्दै लामिछानेले यस्तो दाबी गरेका हुन् ।

सभापति लामिछानेले २०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेपछि आफूमाथि ‘नांगो राजनीतिक प्रतिशोध’ सुरु भएको बताए ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता आरोपहरूलाई ‘अनुचित’ भन्दै संसदीय छानबिन समितिको निष्कर्षविपरीत आफूलाई फसाइएको उल्लेख गरेका छन् ।

उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अंगलाई रास्वपा सिध्याउने खेलमा प्रयोग गरिएको आरोप लगाए । तर याे खेल सफल नभएकाे उनकाे भनाई छ । हिरासतमा रहँदा रातारात जेल स्थानान्तरण गरिएको र ‘अन्तिम इच्छा’ समेत सोधेर मनोवैज्ञानिक दबाब दिइएको दाबी उनकाे छ ।

राजनीतिक प्रतिशोधविरुद्ध ४० लाखभन्दा बढी नागरिकले हस्ताक्षर गरेर आफूहरूलाई साथ दिएको दाबी गर्दै उनले भनेका छन् ‘कार्यपालिका अत्याचारको कारखाना नै भयो भने न्यायपालिकाको समेत दुरुपयोग गरी चयनात्मक न्याय गरियो ।’

लामिछानेले आफू र रास्वपालाई कानुनी र राजनीतिक चक्रव्यूहमा फसाइए पनि जनताको अदालतले त्यसको फैसला गर्ने बताएका छन् ।

प्रकाशित मिति: मङ्गलबार, ०९ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.