चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीविरुद्ध राज्य संयन्त्रको व्यापक दुरुपयोग भएको आरोप लगाएका छन् । चितवनमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा ‘राजनीतिक प्रतिवेदन’ पेस गर्दै लामिछानेले यस्तो दाबी गरेका हुन् ।
सभापति लामिछानेले २०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेपछि आफूमाथि ‘नांगो राजनीतिक प्रतिशोध’ सुरु भएको बताए ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता आरोपहरूलाई ‘अनुचित’ भन्दै संसदीय छानबिन समितिको निष्कर्षविपरीत आफूलाई फसाइएको उल्लेख गरेका छन् ।
उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अंगलाई रास्वपा सिध्याउने खेलमा प्रयोग गरिएको आरोप लगाए । तर याे खेल सफल नभएकाे उनकाे भनाई छ । हिरासतमा रहँदा रातारात जेल स्थानान्तरण गरिएको र ‘अन्तिम इच्छा’ समेत सोधेर मनोवैज्ञानिक दबाब दिइएको दाबी उनकाे छ ।
राजनीतिक प्रतिशोधविरुद्ध ४० लाखभन्दा बढी नागरिकले हस्ताक्षर गरेर आफूहरूलाई साथ दिएको दाबी गर्दै उनले भनेका छन् ‘कार्यपालिका अत्याचारको कारखाना नै भयो भने न्यायपालिकाको समेत दुरुपयोग गरी चयनात्मक न्याय गरियो ।’
लामिछानेले आफू र रास्वपालाई कानुनी र राजनीतिक चक्रव्यूहमा फसाइए पनि जनताको अदालतले त्यसको फैसला गर्ने बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,574)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,432)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,278)