पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ, एमालेकाे आपत्ति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण विभागले उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरेको हो ।

पार्टीको कार्यक्रममा सहभागी हुन सर्खेत पुगेका उनी पक्राउ परेका थिए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ ।

पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला उपाध्यक्ष पौडेललाई सरकारले ‘अपहरणको शैलीमा’ गिरफ्तार गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रेस वक्तव्य जारी गर्दै उपाध्यक्ष पौडेललाई सरकारले गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै यसको विरोध गरेका हुन् ।

एमालेले पौडेलको पक्राउलाई अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा भनेको छ। ओलीले विज्ञप्तिमा भनेका छन्,‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा एमाले माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षडयन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’

अध्यक्ष ओलीले उपाध्यक्ष पौडेल सुर्खेतको कार्यक्रम सकेर पूर्वनिर्धारित कार्यतालिका अनुसार भोलिपल्टै काठमाडौँ फर्कने तयारीमा रहेको उल्लेख गरेका छन् । तर विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उनकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको ओलीको आरोप छ ।

प्रकाशित मिति: सोमबार, ०८ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.